बाबुरामलाई गगनको कडा जवाफ - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

बाबुरामलाई गगनको कडा जवाफ



काठमाडौं-कांग्रेसका युवा नेता गगन थापाले डा बाबुराम भट्टराईलाई कांग्रेसको  चिन्ता नगर्न आग्रह गरेका छन् ।

समाजवादी पार्टी नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केहि दिन अगाडी  बिपीलाई राप्रपाले अपहरण गरेको भन्दै कांग्रेसलाई अपहरित बिपीको रक्षा गर्न सुझाव दिए पश्चात नेता थापाले उक्त कुराको चिन्ता नलिन आग्रह गरेका हुन्  ।

केही दिनअघि कांग्रेसका युवा नेता गगन थापाले संसदीय निर्वाचनमा कांग्रेसले तालमेल गरेर डा. भट्टराईलाई जिताएकोमा क्षमापूजा गर्नुपर्ने तर्क गरेका थिए । थापाको सो तर्कको जवाफमा डा. भट्टराईले पहिला अपहरित बिपीको रक्षा गर्न र त्यसपछि क्षमापूजा गर्न सुझाव दिएका थिए ।

गगन थापाले मंगलबार डा. भट्टराईको उक्त सुझावप्रति ट्वीटरमार्फत प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘डाक्टर साब, चिन्ता नगर्नुस् । बिपीको विचार कांग्रेसको आत्मा हो । जसरी हिजो त्यसलाई तपाईको जनसरकारले हत्या र हिंसाले समाप्त पार्न सकेन, आज पनि राप्रपाले अपहरण गर्न सक्दैन ।’