गौरीगंगा नगरपालिकाको कार्यालयमा बम विस्फोट - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

गौरीगंगा नगरपालिकाको कार्यालयमा बम विस्फोट



विशाल पाण्डेय / कैलाली । कैलालीको गौरीगंगा नगरपालिकाको कार्यालयमा बम विस्फोट भएको छ । आज विहान करिब ४ बजे नगरपालिकाको कार्यालयमै बम विस्फोट भएको गौरीगंगा नगरपालिकाका उप प्रमुख अञ्चला चौधरीले जानकारी दिइन ।

राती १ बजे नगरपालिकाका सुरक्षा गार्डले एक जनालाई झोला नगरपालिका कार्यालयमा फालेर जंगलतिर भागेको देखेपछि विहान डिस्पोजका लागि टिम बोलाई डिस्पोज गराइएको उप प्रमुख चौधरीले टेलिफोन मार्फत जानकारी गराइन ।

बमलाई नगरपालिका कार्यालय भित्र फाल्ने भनेर ल्याइएपनि त्यहाँका सुरक्षा गार्डले देखेपछि हतार हतारमा फाल्दा झ्यालको रेलिङ्गमा अड्किएर बमसंगको झोला भित्र जान पाएन र ठूलो क्षति भएन । उनले भनिन, रेलिङ्गमा झोला अड्किएर वम विस्फोट भएपनि सामान्य भित्ता मात्र चर्किएको छ । “