मेयरको घरमा बम,रातभर त्रास - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

मेयरको घरमा बम,रातभर त्रास



काठमाडौं: नुवाकोट जिल्लाको विदुर नगरपालिकाका मेयरको घरमा बम भेटिएको छ । सोमबार राति  करिब १२ बजे मेयर सञ्जु पण्डितको विदुर –९ स्थित घरको पर्खालमा झुण्डाईएको अवस्थामा  प्रेस कुकर बम भेटिएको हो ।

नेकपा विप्लव समूहले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा समूहका कार्यकर्ताले घरमा प्रेसर कुकर बम राखेको अुनमान गरिएको छ । बमका कारण मेयरको घर आसपासका समूदाय रातभर आतंकित भएका थिए ।

अहिले बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय पारेको छ । आजको बन्द सफल पार्न विप्लवका कार्यकर्ताले बम राखिएको बुझिएको छ ।