बिजुक्छेले भने : गुठी सामन्ती व्यवस्था नै हो, अन्त्य गर्नुपर्छ - Himal Post Himal Post
  • ९ पुष २०८१, मंगलवार
  •      Tue Dec 24 2024
Logo

बिजुक्छेले भने : गुठी सामन्ती व्यवस्था नै हो, अन्त्य गर्नुपर्छ



भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले ल्याएको गुठी विधेयक फिर्ता गरेकोमा असन्तुष्टि जनाएका छन् । उनले भूमिहीन मोहीको पक्षमा भएको उक्त विधेयक फिर्ता गर्न नहुने धारणा राखेका हुन् ।

‘विधेयक वर्षौँदेखि कमाई गर्दै आएका भूमिहीन मोहीको पक्षमा छ, यसलाई फिर्ता गर्न गुठाधिस र सामन्तहरुको चलखेल भयो,’ उनले भने । भक्तपुर नगरपालिकाको पाँचौ नगरसभाको उद्घाटन समारोहमा सम्बोधन गर्दै नेता बिजुक्छेले गुठीका नाममा हजारौं बिघा जग्गा कब्जा गरेर बसेका मठाधिशले जनतालाई गलत सूचना प्रवाह गरेर सरकारविरुद्ध सडकमा उतारेको आरोप लगाए ।

उनले फिर्ता लिन नहुने गुठी विधेयक तत्काललाई फिर्ता भएपनि पुनः पेश गर्न र पारित गर्न सरकारलाई आग्रह समेत गरेका छन् । बिजुक्छेंले कानुनतः सामन्ती व्यवस्था अन्त्य भएपनि गुठीको नाममा संस्कार र व्यवहारमा अझैपनि सामन्ती प्रथा जीवित रहेको बताए ।