गुल्मीको धुर्कोटमा लगातार जातिय भेदभाव र छुवाछुत - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

गुल्मीको धुर्कोटमा लगातार जातिय भेदभाव र छुवाछुत



गुल्मी  -गुल्मीको धुर्कोट गाउँपालिकामा लगातार जातीय भेदभाव र छुवाछुतका घटना भएको सार्वजनिक भएको छ ।

धुर्कोट ४ को ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा छुवाछुत र मन्दिरमा जातीय भेदभाव गरिएको भन्दै अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् ।

२१ जेठमा दिवा सेवा केन्द्रमा गएका बृद्धबृद्धा झविलाल विक, अम्बी विक, कुन्ती विक र डल्ली विकलाई अरुसँग नछोइन र भाँडा माझ्न लगाइएको थियो ।

त्यस्तै ३ असारमा कालिका मन्दिरमा पुगेकी सीता विककालाई मन्दिरबाट तल झर्न लगाएको र दलितलाई टिका लगाइदिन्न भनेर भेदभाव गरेको अधिकारकर्मीहरुले बताएका छन् ।

दलित साझा मञ्च, उत्पीडित जातीय मुक्ति समाज, नेपाल दलित संघ, जातीय समता समाज, दलित महिला संघ, उत्पीडित समुदाय उत्थान केन्द्र, परियार सेवा समाज, नेपाल सुनचाँदी व्यसायी संघ र नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाले घटनाको बिरोध गरेका हुन् ।

उनीहरुले घटनाका दोषीहरुलाई तत्काल कार्वाही गर्न माग गर्दै कारबाही नगरेमा उत्पन्न हुन सक्ने परिणामको जिम्मेवार सम्बन्धित निकाय हुनुपर्ने चेतावनी दिएका छन् ।

विज्ञप्ति