नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध



भरतपुर । चितवन जिल्लामा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

नारायणागढ मुग्लिन सडकखण्डको जलविरेमा आइतबार बिहान ७ बजेतिर पहिरो गएकाले गाडी चल्न नसकेको प्रहरीले जनाएको छ ।

गाडी नचलेपछिे यात्रु बाटोमै रोकिएका छन् । अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वर्षा याममा पटक–पटक पहिरो जाँदा यो सडक खण्डमा यात्रुलाई सास्ती हुने गरेको छ ।