डलरमा धर्म परिवर्तन किन? - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

डलरमा धर्म परिवर्तन किन?



योगेन्द्र गौतम
नेपालमा धर्म परिवर्तन गराउने गिरोह अहिले निकै सक्रिय देखिन्छन् भने पश्चिमा गोराहरु को प्रभाव दिन प्रतिदिन नेपाली हरुमा बढै गहिरएको छ । उनीहरूको मन मस्तिष्कमा देखिएका विचारहरू मुख्यत नेपालीहरूलाई किरिश्चेन बनाउनुपर्छ भन्ने नै हो ।

लोभ लालचमा नेपाली जनताका हिमायती भनाउदा र आफूलाई परिवर्तनकारी को स्तम्भ मान्ने केही ब्याक्तिहरु पश्चिमा किरिश्चेनहरुको डलरमा आफूलाई बेचिरहेका छन् । आफ्नो धर्म संस्कृति परम्परा र पहिचानको हत्या सङै राष्ट्रियताको पनि हत्या गरिरहेका छन्

नेपाल विश्वमा एक मात्र हिन्दुराष्ट्र हो भने नेपाली हरुको हिन्दु रितिरिवाज अनुसार नै धार्मिक कर्मकाण्ड गर्ने गरिन्छ । हिन्दुहरु आस्था मा रहेका देवता र देविहरुको मठ मन्दिर बाट नेपाल सुसज्जित छ ।

याहा भगवान् गौतम बुद्धको जन्मले नेपाललाई विश्व जनमानसमा सम्मानित तुलाएको छ । भगवान् पशुपति नाथको जन्म र बासस्थान पनि यही भूमिमा छ ।

आजको संधर्बमा धन र विभिन्न लालच देखाएर धर्म परिवर्तनको नाउमा नेपालीलाई विकृति र अराजक्ता तिर उन्मुक्त बनाउदैछन । सरकार मौन छ आखा चिम्लेर बसिरहेको छ । किन मौन छ सरकार , के पचश्चिमि मुलुकबाट नेता भनाउदा हरुलाइ डलरले मुखमा ताल्चा लाइदिएको छ ।

आज क्रिश्चियन हरुको पर्व हो तर शुभकामाना दिन पर्ने हो तर मनले मान्दैन । मानुस पनि कसरी आफनै दाजु भाइलाई जबरजस्ति धर्म परिवर्तनको नाउमा मोहरा बनाएर मुलुक लाई नै बिखण्डन तिर उन्मुक्त बनाउदैछन