गोकुल बास्कोटा र बिना मगरको भाग्य फेरि चम्किँदै - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

गोकुल बास्कोटा र बिना मगरको भाग्य फेरि चम्किँदै



काठमाडौँ – बेलाबेला मन्त्रीमण्डल परिवर्तन हुने चर्चाले राजनीतिमा तरङ्ग उत्पन्न भैरहेको समयमा राजनीतिक वृत्तमा कोको मन्त्रीलाई चिट्ठा पर्छ र कसको भाग्यमा बिर्को लाग्छ भन्ने जिज्ञासा ब्यापक छ ।

खासगरी काम गर्न नसकेका र सम्बन्धित मन्त्रालयको ज्ञान नभएका मन्त्रीलाई हटाउने यो अभियानले अर्कै मोड लिएको छ । यस्स्तो मोड आउनुमा पछिल्लो समय राजनीतिमा देखिएको ध्रुविकरण र गुट उपगुटको पैंठेजोरी मुख्य कारण बन्न गएको छ ।

काम गर्न नसकेका केहि मन्त्रीलाई नेतृत्वबाट हटाउने अभियान चलेपछि पार्टी नेतृत्वमा छुट्टै लडाई सुरु भएको छ त्यो के भने, कसको भागका मन्त्री कति हुने र आफ्ना नजिकका कोको रहने भन्ने लडाई । यो लडाईबाट भने नेकपाका २ मन्त्रीलाई चिट्ठा नै पर्ने भएको छ ।

यस्तो चिट्ठा पर्ने भाग्यमानि प्रधानमन्त्री ओलीका एकजना र प्रचण्डका एकजना नजिकका नेता रहेका छन् । प्रधानमन्त्रीलाई संचारमन्त्री बाँस्कोटा बंचाउने उपयुक्त अवसर भने प्रचण्डले प्रदान गरेका हुन् ।

सधै जसो बिबाद र चर्चामा रहने संचारमन्त्री गोकुल बाँस्कोटा प्रधानमन्त्री ओलीका नजिकका व्यक्ति हुन् । कहिलेकाहीं यस्तो लाग्छ बास्कोटाले जघन्य अपराध गरेपनि ओलीले उनीमाथि औंला ठड्याउने काम गर्न सक्दैनन् बरु उल्टै प्रसंशा गरेरै उँचो बनाइदिन्छन् । तिनै मन्त्री बास्कोटालाई प्रचण्ड र ओलीको जुङ्गाको लडाईले ठुलै चिट्ठा पर्ने भएको छ ।

हरेक काममा बिबादमा आएपछि सञ्चारमन्त्री बाँस्कोटा नेकपाभित्र नै आलोचित बन्दै आएका छन्, कतिपय सांसद र केन्द्रीय सदस्यले बाँस्कोटालाई हटाउन वा सरकारको प्रवक्ताको जिम्मेवारीबाट च्युत गर्न आवाज समेत उठाइरहेका छन् । तर प्रधानमन्त्री भने उनलाई जोगाउने हर प्रयत्नमा लागेका छन् । प्रधानमन्त्रीका विस्वासपात्र बाँस्कोटा पनि आफु कुनै पनि हालतमा मन्त्रीबाट नहट्नेमा बिस्वस्त छन् ।

यस्तै खानेपानीमन्त्रीलाई पनि यो चिट्ठा पर्ने भएको छ । प्रचण्डको जोडबलले मन्त्री बनेकी बिना मगरको यतिबेला मेलम्ची, मन्त्रालयमा भएका फजुल खर्च लगायतका कामले आलोचना भैरहेको छ । र पार्टीपंक्तिबाट उनलाई पनि हटाउनुपर्ने चर्को दबाब छ । तर प्रधानमन्त्री ओलीले बाँस्कोटाको एकतर्फी सपोर्ट गरेपछि प्रचण्डले पनि त्यसो भएको खण्डमा बिनालाई पनि नहटाउने सर्त अगाडी सारेपछि दुबैको भाग्यको ढोका खुल्लै रहने अवस्था बनेको स्रोतले बताएको छ ।