डा. भट्टराईलाई निरङ्कुश राजतन्त्र याद आएपछि... - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

डा. भट्टराईलाई निरङ्कुश राजतन्त्र याद आएपछि…



काठमाडौं: पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले राजापा सांसद रेशम चौधरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्  । उनले चौधरीलाई अस्पालामा स्वयं भेट गरी जानकारी लिएका हुन्  ।

तर भेटपछि डा. भट्टराई राज्यब्यबस्थाप्रति आक्रोशित बनेका छन् ।

भेट पश्चात भट्टराईले चौधरी माथि सरकारले गरेको विभेद प्रति  सामाजिक संजाल मार्फत  आक्रोश पनि व्यक्त गरेका छन् ।

सामाजिक संजालमा भट्टराईले लेखेको स्टाटस यस्तो छ 

टीकापुर थारू विद्रोहको क्रममा जेलमा रहनुभएका सांसद रेशम चौधरीलाई मेरूदण्डसम्बन्धी उपचारनिम्ति अहिले वीर अस्पतालमा राख्दा दिनरात खिया लागेको फलामको १४ किलोको नेल र हत्कडीले बाँधेर लडाउनु कति मानवोचित र विधिसम्मत हो?

हिजो निरंकुश राजतन्त्रले ‘आतंकवादी’र ‘अराष्ट्रिय तत्व’को आरोपमा यसरी नै गोलघरको यातना दिएका महानुभावहरूले अहिले उही हर्कत उत्पीडित थारू आन्दोलनकारीहरूमाथि गर्नु कति विडम्बनापूर्ण!