उपप्रमुखले रगत दिएर सुत्केरी र शिशुको ज्यान बचाइन् - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

उपप्रमुखले रगत दिएर सुत्केरी र शिशुको ज्यान बचाइन्



कञ्चनपुर-  कञ्चनपुरकाे पुनर्वास नगरपालिका- ५ ‘ग’ गाउँकी सुत्केरी गोदावरी रोकायालाई रगत अभाव भएपछि जनप्रतिनिधिले रक्तदान गरी ज्यान जाेगाएकी छिन्। कञ्चनपुरकाे पुनर्वास नगरपालिकाका उपप्रमुख शारदा विष्टले सुत्केरी महिलालाई रक्तदान गरी उनको ज्यान जाेगाएकी हुन्।

७ महिनाकी गर्भवती अवस्थामा रहेकी सुत्केरीलाई अकस्मात् समस्या देखिएपछि काठमाडौँकाे नर्भिक अस्पतालमा अपरेसनका लागि लगिएकाे थियाे। उपप्रमुखकाे रक्तदान पछि अहिले सुत्केरी महिला तथा शिशुकाे अवस्था सामान्य रहेकाे अस्पतालबाट जानकारी पाएकाे उपप्रमुख विष्टले जानकारी गराउनुभयाे।

हिजाे सुत्केरी ब्यथा सुरु भएपछि आफन्तले धनगढीस्थित सेती अञ्चल अस्पताल पुऱ्याएका थिए तर त्यहाँ असम्भव देखिएपछि सुत्केरीलाई कोहलपुर रिफर गरिएको थियो तर त्यहाँको डाक्टरले पनि अन्तै लैजान सुझाए पछि नेपालगञ्जबाट हवाईजहाजबाट काठमाडौँ पुऱ्याइएको थियाे।

सुत्केरी महिलाकाे शरीरमा रगतको कमी देखिएपछि शिशु जन्मिँदा आमा र बच्चालाई समेत खतरा हुने देखिएपछि डाक्टरले रगत खोजी गर्न सुझाव दिएका थिए। बि पोजिटिभ रगत समूहको माग भएको खबर प्राप्त हुना साथ काम विषेशले काठमाडौँ मै रहेकी उपमेयर तुरुन्त अस्पताल पुगी रगत दिएकी थिईन्।

यसरी जनताप्रति जिम्मेवारी र उत्तरदायित्व पूरा गर्न पाउँदा आफू खुशी भएको उपप्रमुख विष्टले बताइन्।