नेकपा सांसदलाई सुझाव : अहिले नै मन्त्री बन्नुस्, फेरि अवसर पाउनुहुन्न - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

नेकपा सांसदलाई सुझाव : अहिले नै मन्त्री बन्नुस्, फेरि अवसर पाउनुहुन्न



काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी एक सांसदले नेकपा सांसदलाई अर्कोपटक अवसर नआउने भन्दै यसपटक नै मन्त्री बन्न सुझाव दिएकी छन् ।

प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकको शून्य समयमा नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले बाहिर मन्त्रीमण्डल फेरबदलको कुरा चलेको भन्दै मन्त्री बन्न नेकपा सांसदहरूलाई सुझाव दिएकी हुन् ।

‘हिजो दिनभरी सत्तापक्षका माननीय सदस्यहरूले जेठ ३ गतेको कुरा लिएर सम्माननीय प्रधानमन्त्रीज्यूको विशेषदूत बनेर न्वारनदेखिको बल लगाएर संसदीय व्यवस्था पढाउन प्रतिस्पर्धा गर्नुभयो,’ परियारले भनिन्, ‘माननीयहरूलाई मेरो शुभकामना व्यक्त गर्दछु, अहिले बाहिर हल्ला छ मन्त्रीमण्डल चेञ्ज फेञ्जको कुरा छ । मन्त्री बन्नुस्, फेरि चुनावपछि यहाँका दिन आउन पनि सक्छ, नआउन पनि सक्छ ।’

उनले सरकारले पानी जहाज ल्याउन लागेका कारण फेसबूकमा कागजका पानीजहाज बनाएर व्यंग्य गरिएको भन्ने सत्तापक्षका सांसदको आरोपप्रति आक्रोश व्यक्त गरिन् ।

‘सरकारले पानीजहाज भनेपछि जनताले जे देखे फेसबूकमा त्यही लेखे । माननीयजीले चिन्ता किन लिनुहुन्छ ? प्रधामनन्त्रीले पानीजहाज भनेको २ वर्ष भयो । पानी जहाजको कार्यालयमा बोर्ड भन्दा के छ, त्यही कागजी डुंगा त हो नि !’ फाइल तस्बिर