योगेशको चिन्ता : अखिलले नेताहरुका बीचमा फाटो ल्याए
काठमाडौं – सत्तारुढ नेकपाका युवा नेता योगेश भट्टराईले पार्टी नेतृत्वमा पछिल्लो समय देखिएको असमझदारीप्रति संकेत गर्दै चिन्ता व्यक्त गरेका छन् ।
हृदयघातबाट निधन भएका केन्द्रीय सदस्य धनीराम पौडेलको स्मृतिसभामा अनेरास्ववियूले शुक्रबार राजधानीमा गरेको कार्यक्रमा भट्टराईले सबै मिलेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताए ।
उनले पार्टी नेता विभाजित हुँदा एक पक्षमा लागेर अर्को पक्षलाई होच्याउने र अर्को पक्षलाई उकास्ने काम नगर्न पार्टी नेता कार्यकर्तालाई आग्रह गरे । नेताहरुबीच फाटो पार्ने काममा नलाग्न विद्यार्थी नेताहरुलाई आग्रह गरे । ‘अखिलले नेताहरुका बीचमा फाटो पार्ने होइन’, भट्टराईले भने, ‘हामी युवाहरुले नेताहरुलाई मिलाउने भूमिका खेल्नुपर्छ ।’
पछिल्लो समय नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरु सरकारको कार्यशैलीलाई लिएर असन्तुष्ट छन् । प्रचण्डले केही दिनयता मुखै खोलेर सरकारका कामकारबाहीको तीव्र आलोचना गर्दै आएका छन्