मन्त्री पद्मा अर्याल रेस्टिकेट काण्ड २५ वर्षपछि भाइरल - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

मन्त्री पद्मा अर्याल रेस्टिकेट काण्ड २५ वर्षपछि भाइरल



काठमाडौँ–

गुठी विधेयकले अनौठा विवाद र काण्डहरू पर्दाफाश गर्न थालेको छ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल गुठी विधेयकका कारण विवादमा तानिएकी थिइन्। तिनै अर्लायलाई कलेज पढ्दा चिट चोरेर रेस्टिकेट गरिएको खुलासा भएको छ।

मन्त्री अर्याललाई कलेज पढ्दा उनकै क्याम्पस प्रमुखले चिट चोर्दै गरेको फेला पारेर रेस्टिकेट गरेको कुरा सामाजिक सञ्जालमा भाइरल भएपछि झनै चासो चुलिएको छ।  पत्रकार, लेखक तथा तत्कालीन क्याम्पस प्रमुख मधुसधन पाण्डेयले सामाजिक सञ्जाल फेसबुकको पोस्टमा गरेको रिप्लाइ यस्तो छः

एक पत्रिकासँग कुरा गर्दै लेखक पाण्डेले रेस्टिकेट गरेको कुरा स्वीकार गरेका छन्।  २०५१ सालको परीक्षामा चिट चोर्दै गरेको फेला पारेर उनले पद्मालाई रेस्टिकेट गरेका थिए।

रेस्टिकेट भएपछि पद्माले वालिङ क्याम्पसमा फारम समेत नभरेको उनले बताएका छन् । २०५४ सालसम्म आफू त्यहाँको क्याम्पसप्रमुख रहँदासम्म पद्मा अर्याल क्याम्पसमा नआएको उनले जानकारी दिए ।

लेखक पाण्डेले लेखको स्टाटसलाई लिएर विभिन्न कमेन्टहरू आएका छन् । स्टाटस सामाजिक सञ्जालमा भाइरल भएको छ । सो कमेन्टलाई लिएर पूर्वसचिव भीम उपाध्यायले यसरी ट्वीटमा यसो भनेका छन् –