अब सरकारसँग सहकार्य गरेर मात्रै स्थानीय तहमा गैसस - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

अब सरकारसँग सहकार्य गरेर मात्रै स्थानीय तहमा गैसस



काठमाडौं । सरकारले बिनाअनुमति स्थानीय तहमा कुनै पनि कार्यक्रम सञ्चालन नगर्न गैरसरकारी संस्थाहरुलाई प्रतिबन्ध लगाउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको अनुमतिबिना कुनै पनि गैरसरकारी संस्थाहरुलाई छुट्टै कार्यक्रम सञ्चालन गर्न प्रतिबन्ध लगाउने जानकारी दिएका हुन् ।

सरकारसँग सहकार्य गरेर मात्रै स्थानीय तहमा गैरसर कारी संस्थाहरुले आफ्नो कार्यक्रम सञ्चालन गर्न सक्ने उनको भनाइ छ । बिहीबार काठमाडौंमा आयोजित स्थानीय तहको क्षमता अभिवृद्धिका लागि आयोजित अन्तरराष्ट्रिय सम्मेलन उद्घाटन गर्दै मन्त्री पण्डितले स्थानीय तहमा जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी ‘स्थानीय सरकार सञ्चालन ऐन’ परिमार्जन गर्न लागिएको पनि बताए ।

उनले स्थानीय तहलाई जनताको कामप्रति जवाफदेही बनाउन सरकारले सो ऐन परिमार्जन गरेर अघि बढ्ने निष्कर्ष निकालेको पनि स्पष्ट पारे । मन्त्री पण्डितले संघीय सरकार संविधान अनुसार चलेको र संविधानको परिधिभित्र रहेर स्थानीय तहलाई जनताको अपेक्षाअनुसार काम गर्न सक्ने बनाउन आवश्यक कार्यक्रम सञ्चालन गर्न लागिपरेको दावी गरे ।