मोटरसाइकल दुर्घटनामा परी नगरप्रवक्ता भट्टको मृत्यु - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

मोटरसाइकल दुर्घटनामा परी नगरप्रवक्ता भट्टको मृत्यु



बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाका नगरप्रवक्ता तथा पुर्चौडी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष गौतमप्रसाद भट्टको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ ।

गत बुधबार वडा कार्यालय बाट घर जाँदै गर्दा वडा नं ४ कै चक्कीबगड भन्ने स्थानमा बा.२ ब.२५२ नम्बरको मोटरसाइकल दुर्घटनामा परि भट्ट गम्भीर घाइते भएका थिए ।

मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका भट्टको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टको जिल्लामा उपचार हुन नसक्दा थप उपचारका लागी कोहलपुर रेफर गरीएको थियो । कोहलपुर मेडिकल कलेजमा सघन उपचार कक्ष (आइसियु) राखेर उपचार हुँदाहुँदै भट्टको बिहान ३ बजे मृत्यु भएको हो ।