कमलको फूलले फेरिएको घोडाघोडीको सुन्दरता (फोटो फिचर) - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

कमलको फूलले फेरिएको घोडाघोडीको सुन्दरता (फोटो फिचर)



विशाल पाण्डेय / कैलाली ।
विश्व रामसारमा क्षेत्रमा सुचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पर्यटकको संख्यामा वृद्धि आएको छ । घोडाघोडी तालमा ढकमक्क फुलेको कमलको फुलको दृश्य हेर्न आउने हुँदा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा अहिले वृद्धि भएको हो ।

पुर्व पश्चिम् राजमार्गको छेउमै रहेको घोडाघोडी तालमा
कमल फुल्न थालेपछि राजमार्गमा ओहोरदोहोर गर्ने यात्रुहरूको समेत ध्यान घोडाघोडि तालले तानेको छ ।

बैशाखदेखि भदौसम्म फुल्ने कमलको फुलले तालको दृश्य नै मनमोहक देखिन्छ । तालमा फुलेको ठकमक्क कमलका कारण अहिले ताल रमाईलो मात्र भएको छैन आन्तरिक तथा बाह्य पर्यकटहरुको रोजाईमा समेत परेको छ ।

पर्यटकीय तथा पौराणिक दृष्टीकोणबाट नेपालको एक प्रसिद्ध स्थलको रूपमा समेत रहेको घोडाघोडी ताल क्षेत्रको विकास र पर्यटक प्रवर्द्धनको लागी घोडाघोडी नगरपालिकाले गुरुयोजना निर्माण प्रक्रिया समेत सुरु गरेको छ ।

सन् २००३ मा विश्व रामसार सूचीमा सूचीकृत भएको
घोडाघोडी तालमा विश्व जलचर इतिहासमा सङ्कटपूर्ण अवस्थामा पुगेका दर्जनौं जातका रैथाने माछाका प्रजाति, पुतली ,दुर्लभ मानिने चराचुरुङ्गी तथा अन्य बन्यजन्तुहरुको उचित वासस्थानका रुपमा समेत लिइने गरिन्छ ।