लोकसेवा आयोगलाई सर्वोच्चको आदेश : सच्याएर विज्ञापन गर्नु - Himal Post Himal Post
  • ९ पुष २०८१, मंगलवार
  •      Tue Dec 24 2024
Logo

लोकसेवा आयोगलाई सर्वोच्चको आदेश : सच्याएर विज्ञापन गर्नु



काठमाडौं -सर्वोच्च अदालतले समावेशीताको आधारमा पुन: विज्ञापन गर्न लोकसेवा आयोगलाई आदेश दिएको छ ।

न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको इजलासले लोकसेवा आयोगको विषयमा परेको रिट सम्बन्धमा सो फैसला सुनाएको हो ।

आयोगले यसपटक ५१५ स्थानीय तहका लागि विभिन्न नौ हजार १६१ पदका लागि आवेदन फाराम माग गरेको थियो । जसमा हालसम्म १ लाख ६५ हजार भन्दा धेरैले आवेदन दिइसकेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकसेवाको विज्ञापन समावेशी नभएको भन्दै रद्द गर्न माग गरेका छन् । प्रचण्डले विज्ञापन संविधान विपरीत भएको भन्दै मन्त्री लालबाबु पण्डितसँग छलफल गर्ने बताएका छन् ।