१० यात्रुसहित कर्णालीमा खसेको जीप अझै भेटिएन - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

१० यात्रुसहित कर्णालीमा खसेको जीप अझै भेटिएन



काठमाडौं : हुम्लामा कर्णाली नदीमा जिप खस्दा बेपत्ता भएकाहरुको खोजिकार्य आज बिहानैदेखि शुरु गरिएको छ।

बेपत्ता भएकाहरुलाई मंगलबार साँझ सम्म खोजि गर्दा नभेटिएपछि बुधबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीबलको टोलीले कर्णालीको किनारमा खोजि कार्य शुरु गरिएको हुम्लाका सहयाक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए।

उनका अनुसार काठमाडौंबाट गोताखोरको टोली लिएर गएको हेलिकोप्टर केहिबेरमा घट्नास्थल पुग्दैछ। मंगलबार उद्दारमा गएका ४ वटा हेलिकप्टर मौसम खराब भएका कारण राउन्ड लगाएर फर्केका थिए। हुम्लाको खार्पुनाथ गाउँपालिका ५ को खार्पुनाथबाट याक्चु कुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप मंलबार दिउँसो कर्णाली नदीमा खसेको हो।

जीप नदीमा खस्दा बेपत्ता हुनेहरुमा गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाही हमालसहितका १० जना रहेका छन्।