समता स्कुल र अस्पताल स्थानीयले तोडफोड गरे : स्थिति तनावग्रस्त - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

समता स्कुल र अस्पताल स्थानीयले तोडफोड गरे : स्थिति तनावग्रस्त



काठमाडौं । राजधानीको बौद्धस्थित स्कुल र समता अस्पताल तोडफोड गरिएको छ । समता अस्पतालको बाहिरबाट ताला र भित्र त्यही सरसफाई गर्ने कर्मचारी २७ वर्षीया विमला तामाङको झुण्डिएको अवस्थामा फेला परेपछि आफन्त र स्थानीयले अस्पताल तोडफोड गरेका छन् ।

मृतकको खल्तीमा कागजको चिर्कटो फेला परेको र आत्महत्या नभई हत्या भएको आफन्तको भनाई छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार र लाठी चार्ज गरेको छ ।

अहिले पनि अस्पतालमा दुई सय प्रहरी तैनाथ छन् । ओपीडी मात्र रहेको अस्पताल पूर्णरूपमा बन्द छ । दुई सय मिटरको दूरीमा रहेको समता स्कुल पनि आक्रोशित स्थानीयले तोडफोड गरेका हुन् । झन्डै हजार विद्यार्थीको पठनपाठन अनिश्चित बनेको छ।