कार्यालयमै प्रधानमन्त्री ओलीले ऋषि धमलामाथि हमला गरेपछि…
काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन थियो । सधै भन्दा फरक पनि थियो पत्रकार सम्मेलन, पत्रकारीता र संस्कारमा पत्रकारलाई सम्झाईसकेपछी एउटा अचम्मको घटना घट्यो ।
नेपाली कांग्रेसले रोस्टम घेराऊ गरेपछि खारीएका प्रधानमन्त्री केपी ओलीको झोंकमा परे पत्रकार ऋषि धमला । संसददेखि नै फायर बनेका प्रधानमन्त्री ओलीको नमज्जाले सिकार बन्न पुगे धमला ।
हरेक कार्यक्रममा केहि न केहि गरिछाड्ने ऋषि धमला पत्रकार सम्मेलन सकिनैलाग्दा प्रधानमन्त्रीलाई नमस्कार टक्राउन पुगे । प्रधानमन्त्रीले भने धमलाको नमस्कारको मतलव नै नगरी धमलाको उछितो काडे, उनीमाथि खनीए । प्रधानमन्त्री ओलीले भने ‘तपाईंले विद्येयकले संस्कृतिको मुटुमा छुरी हान्यो, भन्या हैन?’
प्रधानमन्त्रीको सो अभिव्यक्तिमा लाग्थ्यो उनको धेरै पुरानो आक्रोश मिसिएको थियो, धमलामाथि खारिएजस्ता ओलीले यति भन्न नभ्याउँदै धमलाले जवाफ फर्काए, ‘मैले भनेको छैन।’
प्रधानन्त्रीले आफ्नो नाकतर्फ देखाउँदै भने, ‘किन भनेको छैन? टीभी हेर्ने म यहीँ छु।’ यति भनेर प्रधानमन्त्री पत्रकार सम्मेलन स्थलबाट बाहिरिए। प्रधानमन्त्रीको आक्रोशबाट धमला ट्वाल्ल परे । एकैछिनमा केहि नभएजस्तो गलल्ल हाँसे धमला, सधै अरुलाई हमला गर्ने धमला माथिको हमलाबाट धेरैले मनोरञ्जन लिए ।