नेपाली गीत सामाजिक सञ्जालमा सेयर गर्दै सन्नी लियोनीले यसो भनिन् - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

नेपाली गीत सामाजिक सञ्जालमा सेयर गर्दै सन्नी लियोनीले यसो भनिन्



काठमाडौँ – बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली फिल्मको एक हिस्सा हुन पाउँदा गर्व महसुस भएको बताएकी छन् ।

केही दिन अगाडि सार्वजनिक फिल्म ‘पासवर्ड’को ‘आजको साम’ बोलको गीत शेयर गर्दै उनले सो बताएकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन् ‘नेपाली फिल्म ‘पासवर्ड’को गीत सेयर गर्न पाएकोमा म निकै खुसी छु। तपाईंहरू मेरो नेपाल प्रतिको माया जान्नुहुन्छ’, उनले अगाडि लखेकी छन्, ‘म नेपाली फिल्म क्षेत्रको एक हिस्सा बन्न पाएकोमा गर्व महसुस गर्दछु ।’

फिल्म ‘पासवर्ड’को गीतमा उनले नै आइट नृत्य गरेकी छन् । उनको आइटममा अभिनेता अनुप विक्रम शाही र कलाकार वुद्धि तामाङ बाहेक थुप्रै कोरसले पनि साथ दिएका छन् ।