प्र.म. ओलीद्वारा दुःख व्यक्त
हिमालपोस्ट/काठमाडौँ
आजको संसद बैठकमा प्रमुख प्रतिपक्षी काङ्ग्रेसको अवरोधका कारण सम्मानित संसदलाई युरोप भ्रमणलगायत अन्य विषयमा जानकारी गराउन नपाएकामा दुःख व्यक्त गरेका हुन्।
उनले ट्वीट गर्दै लेखेका छन्- प्रतिपक्षी नेकॉले रोष्ट्रम घेरी अबरोध गरेका कारण मैले हालैको युरोप भ्रमण र गुठी बिधेयक लगायतका समसायिक बिषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानीत सदनलाई आज जानकारी गराउन पाईन। यस घटनाबाट म दु:खी भएको छु।
प्रतिपक्षी नेकॉले
रोष्ट्रम घेरी अबरोध गरेका कारण
मैले हालैको युरोप भ्रमण र
गुठी बिधेयक लगायतका समसायिक बिषयहरूमा
रहेको जनचासोका सन्दर्भमा
सम्मानीत सदनलाई आज जानकारी गराउन पाईन।
यस घटनाबाट म दु:खी भएको छु।— K P Sharma Oli (@kpsharmaoli) June 18, 2019
प्रतिपक्षी नेपाली काङ्ग्रेसले रोस्ट्रम घेराउ गर्दै आफूले पहिले बोल्नु पाउनुपर्छ भन्ने माग राखेको थियो। यही नाराबाजी बीच, सभामुख कृष्णबहादुर महराले बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित गरेका थिए।