विपक्षीले प्र.म.लाई बोल्न नदिई नाराबाजी गरे - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

विपक्षीले प्र.म.लाई बोल्न नदिई नाराबाजी गरे



काठमाडौँ

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न लाग्दा काङ्ग्रेस सांसदले नाराबाजी गरेका छन् ।

सभामुख कृष्ण बहादुर महराले संसद बैठक सुरु भएको घोषणा गरेपछि काङ्ग्रेस सांसदले आफ्नो ठाउँबाट उठेर  बोल्न समय माग गरेका थिए । तर सभामुखले पहिला प्रधानमन्त्रीको कुरा सुन्ने र प्रतिपक्षीलाई समय दिइने बताएका थिए ।
तर काङ्ग्रेस सांसदले सभामुखको आग्रहलाई टेरेनन् र गर्दै रोस्ट्रम घेराउ गर्दै चर्को नाराबाजी गरेका छन् ।

उनीहरूले संसदको सर्वोच्चता कायम गरिनुपर्ने, प्रतिपक्षीलाई बोल्न समय दिइनुपर्ने लगायतका नारा उरालेका गरेका छन् ।