पिएसजीका अध्यक्षले एम्बाप्पेको तारिफ गर्दै नेयमारलाई थर्काए - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

पिएसजीका अध्यक्षले एम्बाप्पेको तारिफ गर्दै नेयमारलाई थर्काए



काठमाडौं – युवा स्टार खेलाडी केलियन एमबाप्पे आउँदो सिजन पनि क्लबमै रहने फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का अध्यक्ष नासिर अल–खलिफीले बताएका छन् ।

२० वर्षका एमबाप्पे यो समरमा पिएसजीबाट बाहिरन चाहेको खबरहरु आइरहेका थिए । उनी गएको वर्ष मोनाकोबाट पिएसजी आएका हुन् । एमबाप्पे जस्तो खेलाडीलाई क्बलबाट जान नदिने अध्यक्ष नासिरले बताएका छन् ।

यस्तै उनले ब्राजिलियन स्टार नेइमारलाई पिएसजीमा अनुबन्धित हुन कसैले दबाब नदिएको पनि बताएका छन् । नेइमार पिएसजीमा खुशी नरहेको खबर आइरहेका बेला नासिरको यस्तो भनाई आएको हो ।

फ्रान्स फुटबलसँगको अन्तर्वार्ताको क्रममा नासिरले भनेका छन्, ‘हाम्रो जर्सी खेलाडीहरुले गर्वका साथ लगाउन् भन्ने चाहन्छु, उनीहरुलाई उपयुक्त भएका बेलामा मात्रै होइन ।’

विश्वकप विजेता एमबाप्पेले हालै सकिएको सिजनमा पिएसजीबाट सबै प्रतिस्पर्धामा गरेर ४३ खेलमा ३९ गोल गरे । एमबाप्पेले हालै आफ्नो करिअरको टर्निङ प्वइन्ट आएको जस्तो लागेको र अब थप जिम्मेवारी लिने बेला भएको बताएका थिए । यो भनाईसँगै उनको नाम लिभरपुल र रियल मड्रिडसँग जोडिएको थियो ।

नेइमारका बारेमा भने नासिर अलि कडा रुपमा प्रस्तुत भएका छन् । सबैकुरा थाहा भएर नै नेइमार बार्सिलोना छोडेर पिएसजी आएको उनले बताएका छन् ।