प्रधानमन्त्री रोजगार कार्यक्रममा मीनबहादुरको कुरीकुरी - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

प्रधानमन्त्री रोजगार कार्यक्रममा मीनबहादुरको कुरीकुरी



काठमाडौं । नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले औद्योगिक वातावरण निर्माण भन्दा कार्यकर्ता पोस्ने गरी बजेट विनियोजन भएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गर्न प्रस्ताव पेश गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकअन्तर्गतको छलफलमा सहभागी हुँदै उनले आपूर्ति मन्त्रालयको खर्च घटाई १ रुपैयाँ कायम गर्न प्रस्ताव गरेका हुन् ।

चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सरकारले एक महिनामा मकै गोड्ने, झार उखेल्ने र गाई समाउने कामका लागि २ अर्ब ३७ करोड रुपैयाँ खर्च गरेको भन्दै उनले बजेटको दुरुपयोग रोक्न माग गरे । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सहयोग गर्ने ठूला मन्त्रालयहरु मध्येको एक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि रहेको भन्दै उनले औचित्यहिन खर्च घटाउन माग गरे ।

उनले भने, “कामदारलाई हेलमेट दिएछ । ज्याकेट लगाईदिएछ । बुट लगाईदिएछ यो गर्मीमा पनि । हातमा काम गर्ने औजार चाहिँ बेल्चा दिएछ । काम के लगाएछ भन्दा मकै गोड्न । यो हेरिसकेपछि प्रतिपक्षीलाई मात्रै कुरी कुरी लागेन होला । म प्रतिपक्षी भएर होइन, आम नेपाली जनताले कुरीकुरी गरिरहेका छन् सरकारलाई ।”