हेटौंडामा यात्रुवाहक बस दुर्घटना-एकको मृत्यु , २० घाइते

हेटौंडा :हेटौंडा उपमहानगरपालिका वडा नं १५ मा आज बिहान यात्रुवाहक बस दुर्घटना भएको छ । चितवनको नारायणगढबाट वीरगन्जतर्फ जाँदै गरेको ना५ख ४०१५ नम्बरको दिवा सेवाको यात्रुवाहक बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
मृतक महिला रहेको र उनको सनाखत भइनसकेको प्रहरीले जनाएको छ । गम्भीर घाइते ती महिलाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
घाइतेको हेटौंडास्थित चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते २० मध्ये चारको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।रासस फाईल तस्विर

