प्रधानमन्त्री पत्नी नै खानामा खर्च धेरै गर्दा जरिमानामा परिन् - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

प्रधानमन्त्री पत्नी नै खानामा खर्च धेरै गर्दा जरिमानामा परिन्



इजरायलमा सारा नेतन्याहुलाई राज्यकोषको दुरुपयोग गरेको भन्दै जरिमाना लगाइएको  छ। उनी इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुकी पत्नी हुन्।

साराले प्रधानमन्त्री निवासमा भान्सा छैन भन्दै ढाँटेकी थिइन् र बाहिरका रेष्टुरेन्टबाट महङ्गो खाना ल्याएर खाने गरेकी थिइन्। यसै विषयमा अदालतमा मुद्दा परेको थियो।

सरकारले भान्सा र भान्से दुवैको व्यवस्था हुँदाहुँदै साराले महङ्गो खानामा झन्डै १ लाख डलर राज्यकोषबाट दुरुपयोग गरेको अभियोग लागेको थियो।

यस मुद्दामा आइतबार जेरूसेलमको एक अदालतले सारालाई १५ हजार डलर जरिमाना तिर्नु पर्ने फैसला गरेको छ। जरिमाना कम भए पनि उनी अब आपराधिक रेकर्डमा हुनेछिन्।

गत वर्ष साराका वकिलले उनलाई बाहिरबाट त्यसरी खाना ल्याउनु हुँदैन भन्नेबारे जानकारी नगराइएको तर्क गरेका थिए।

पत्नीको बचाउ गर्दै बेन्जामिनले उनका काममा कुनै गल्ती हुन नसक्ने बताएका छन्।

बेन्जामिन आफैँ पनि घुस र ठगीका तीनवटा मुद्दा खेपिरहेका छन्। यी मुद्दाको अन्तिम सुनुवाइ आगामी अक्टोबरमा हुने तय भएको छ।

(एजेन्सी)