धनगढीमा लियो क्लब गठन, अध्यक्षमा जनक धामी

हिमाल पोस्ट / कैलाली । लियो जिल्ला परिषद ३२५ बि २ नेपाल अन्तरगत कैलालीको धनगढीमा लियो क्लब अफ धनगढी टाउन गठन गरिएको छ । जसमा शुक्रबार नयाँ कार्य समीति चयन गरिएको छ । युवाहरुको क्षमतामा अभिबृद्धी गर्ने संस्था लियो क्लब अफ धनगढी टाउनमा जनक धामिको अध्यक्षतामा कार्यसमितीको गठन गरेको हो ।
त्यस्तै समितीको उपाध्यक्षमा बसन्ती देउवा, सचिवमा गीता राना रहेका छन् भने सहसचिवमा पाण्डव पुजारा, कोषाध्यषमाा पारस बुढा, सहकोषाध्यक्षमा चित्र बोहोरा रहेका छन् ।
त्यस्तै सदस्यहरुमा हिक्मत धामी, बालकृष्ण अबस्थी, किरन जोशी, बिपसा धामाी, पुजा कटुवाल, कपिल जोशी, बिर बिक्रम सिंह, निलम बोगटी, हिरेन्द्र कँवर, कुँबेर खड्का, अंकित जोशी अस्मीता जोशी रहेका छन् । लियो क्लब अफ धनगढी टाउनलाई लायन्स क्लब धनगढी टाउनले स्पोन्सर गरेको हो ।

