विभिन्न सार्वजनिक सवारी साधनहरूमा पाकेटमारी तथा चोरीमा संलग्न ८२ जना पक्राउ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

विभिन्न सार्वजनिक सवारी साधनहरूमा पाकेटमारी तथा चोरीमा संलग्न ८२ जना पक्राउ



काठमाडौं: महानगरीय प्रहरी परिसर, काठमाडौद्वारा संचालित पाकेटमारी विरूद्धको विशेष अभियानको क्रममा सवारी साधनमा पाकेटमारी र चोरी गर्ने ७८ जना पुरुष र ४ जना महिला गरी जम्मा ८२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२०७६ जेठ १ गतेदेखि जेठ ३२ गतेसम्म यातायात व्यवसायीहरुसँग सहकार्य गरी संचालन गरिएको उक्त अभियानको क्रममा परिसरबाट खटिएका सादा पोशकका प्रहरी टोलीले विभिन्न स्थानमा संचालित बस तथा माईक्रोबसमा यात्रा गर्ने यात्रुहरुको साथबाट पकेट तथा झोलामा रहेका नगद, मोवाईल र गहना चोर्दाचोर्दे र पाकेट मार्दै गरेको अवस्थामा चोरहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुले सार्वजानिक बसहरुमा विभिन्न बस पकेटहरुबाट २/२ जनाको दरले ६ जना सम्मको ग्रुप बनाई बसभित्र छिर्ने र एक अर्कामा सांकेतिक भाषा प्रयोग गरी पैसा भएको यात्रु पत्ता लगाई अगाडि पछाडिबाट घेरावन्दी र पारी ठेलमठेलको अवस्था बनाई मौका छोपी मोबाईल, नगद र सुनचाँदीका गरगहना पकेटमारी गरी पालै पालो गरी बसबाट ओर्लिई भाग्ने गरेको खुल्न आएको छ ।

पकेटमारी गर्नेको साथबाट बरामद गरिएको विभिन्न व्यक्तिहरुको करिब ६ लाख रकम तत्काल सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको उक्त परिसरले जनाएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।