गुठी विधेयक स्थगित गरौ :भट्टराई - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

गुठी विधेयक स्थगित गरौ :भट्टराई



काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य समेत रहेका सांसद योगेश भट्टराईले गुठी विधेयक स्थगित गर्न प्रस्ताव गरेका छन्।

आइतबार सामाजिक सञ्जाल ट्विटरमा उनले गुठी विधेयलाई बुझाउनु पर्नेले बुझाउन नसकेको र बुझ्नु पर्नेले बुझ्न् कोसिन नै नगरेको बताएका छन्।

‘आगोमा रोटी सेक्न अवाञ्छित पनि मिसिए र साम्प्रदायिक सद्भावमाथि धावा बोल्न थाले’, उनले लेखेका छन्, ‘प्रधानमन्त्री स्वदेश फर्कनुभयो। अब यो विधेयकलाई स्थगित गरी नयाँ शिराबाट अघि बढ्नु नै उपयुक्त होला, प्रधानमन्त्री ज्यू।’