गोकुल बाँस्कोटा भन्छन : मैदानमा भिड्न तयार छु - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

गोकुल बाँस्कोटा भन्छन : मैदानमा भिड्न तयार छु



काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्नो बारेमा नकरात्मक टिप्पणी गर्नेलाई मैदानमा भिड्न चुनौती दिएका छन् ।

गुठी विधेयकको बारेमा गलत टिप्पणी गर्नेहरुले ‘पुल्ठो’ झोंसेको आरोप लगाउँदै उनले आउँदो चुनावमा हिसाबकिताब गर्न चुनौती दिए ।

काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ सिपाघाटमा आज टेलिफोन (पीएसटीएन) एक्सचेञ्ज उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले आफूले मनपरी गर्न नपाएकाहरुले सरकारकाे आलाेचना गरेकाे आराेप लगाए।

“आफूले मनपरी गर्न पाउँदा हाइहाई डेमोक्रेसी भन्ने, अर्काले गर्दा कम्युनिष्ट सरकारले खाने भो भन्ने ? यो कदापि हुन्न”, उनले भने “विकास एउटै र एकै खालको हुने हो, बाटो बनाउँदा कम्युनिष्ट र काङ्ग्रेस हिँड्ने छुट्टाछुट्टै लेन हुन्न, संसारमा कही यस्तो उदाहरण छैन ।”

उनले राज्यसत्ता जनातको काम गर्नका निम्ति भएनि केही मान्छेले मुठ्ठीको खेल हो बनाएकाे आराेप लगाए।

न्यून कर तिरेर खाइरहेकाको गुठी विधेयकले गर्दा टाउको दुखेको भन्दै मन्त्री बाँस्कोटाले आफूले खाएको भाग खोसिएला भनेर उनीहरु अत्तालिएको आरोप लगाए। “साधारण मोही हकको, किसानको अधिकार सुरक्षित गर्दा, टाउको दुखिहाल्नु पर्ने ?”, उनले भने।

मन्त्री बाँस्काेटाले स्वर्गद्वारीको एक हजार २ सय रोपनी जमीन कि मोहीको हुनुपर्ने नभए त्यसको हिसाबकिताब सरकारलाई बुझाउनुपर्ने तर्क राखे ।