पूर्वराजा ज्ञानेन्द्र शाह समर्थित कार्यकर्तालाई पक्राउ - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

पूर्वराजा ज्ञानेन्द्र शाह समर्थित कार्यकर्तालाई पक्राउ



काठमाडौं । प्रदर्शनका क्रममा काठमाडौंको भद्रकालीमा राँगाको रगत सडकमा पोख्दै हिँड्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह समर्थित शिव सेना नेपालका कार्यकर्ताले हिन्दू राष्ट्रलगायत विभिन्न माग राखेर प्रदर्शन गर्दै जर्किनमा ल्याएको राँगाको रगत पोख्न थालेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले थाहा खबरलाई जानकारी दिए ।

दिउँसो ४ बजेतिर जर्किनमा रगत बोकेर प्रदर्शनमा उत्रिएकाहरूले एकाएक भद्रकाली सडकमा रगत पोखेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

राष्ट्रिय स्वयमसेवक दलले नेपाललाई हिन्दुराष्ट्र बनाउने पर्ने माग गर्दै सो प्रदर्शन गरेको बताइएको छ ।