सर्वेन्द्र खनालले भने : नियतमा खोट हुनेलाई कुनै सहुलियत हुँदैन - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

सर्वेन्द्र खनालले भने : नियतमा खोट हुनेलाई कुनै सहुलियत हुँदैन



नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले पुलिसमा बदनियतमा सहुलियत दिन नहुने बताएका छन् ।

काठमाडौँमा शुक्रबार सुरु भएको नेपाल प्रहरीको प्रदेशस्तरीय दोश्रो प्रादेशिक सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् ।

‘एकाध घटनाले गर्दा सिङ्गो सङ्गठनको छवि नै धूमिल हुने अवस्थाहरू आउनुहुँदैन । तसर्थ मैले भन्ने गरेको छु हामी प्रहरीमा बसिसकेपछि बदनियतमा सहुलियत हुँदैन’, खनालले भने, ‘काम गर्दाका अवस्थामा कहीँ व्यावहारिक त्रुटिहरू छन् भने त्यसलाई हटाउन सकिन्छ तर नियतमा खोट राखियो भने त्यसमा सहुलियत हुनेछैन ।’

खनालले यसमा स्पष्टरूपमा आश्वस्त हुन आग्रह गरेका छन् ।

खनालले न्यायिक प्रक्रियामा दलाली गर्नेहरूलाई प्रहरी तथा सरकारी वकिलहरू मिलेर निस्तेज पार्नुपर्ने धारणा राखेका थिए ।

सम्मेलनमा प्रदेश २, ५ तथा गण्डकी प्रदेशका अनुसन्धान प्रहरी तथा अभियोजनकर्ता सरकारी वकिलहरू सहभागी रहेका छन् ।