संसदबाटै लालबाबु पण्डितलाई कार्बाही गर्न माग - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

संसदबाटै लालबाबु पण्डितलाई कार्बाही गर्न माग



काठमाडौँ– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई कार्बाही गर्न संसदमा आवाज उठेको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा समाजवादी पार्टीका प्रदीप यादव र उमाशङ्कर अरगरियाले संविधानविपरीत अभिव्यक्ति दिने मन्त्रीलाई कार्बाही गर्न माग गरे।

अरगरियाले संसदीय समितिको निर्देशन नमान्ने र संविधानविपरीत अभिव्यक्ति दिने मन्त्रीलाई कार्बाहीको घेरामा राख्‍न सभामुख कृष्णबहादुर महरालाई आग्रह गरे। उनले रुलिङको माग समेत गरे। ‘समानुपातिक समावेशीतालाई उल्लङ्घन गर्दै विज्ञापन प्रकाशित गर्नेलाई कार्बाही हुनुपर्छ’, उनले भने, ‘लोकसेवाको विज्ञापन खारेज हुनुपर्ने राज्य व्यवस्था समितिको निर्देशन नमान्ने मन्त्रीलाई पनि कार्बाहीको घेरामा ल्याउनुपर्छ।’ सांसद अरगरियाले समावेशी सिद्धान्तविपरीत आएको लोकसेवाको विज्ञापनले सङ्घीयतामाथि साङ्घातिक हमला भएको टिप्पणी गरे।

अर्का सांसद प्रदीप यादवले लालबाबुको नाम नलिई जथाभावी अभिव्यक्ति दिने साइकलमन्त्रीलाई लगाम लगाउन माग गरे।