दानी अमिताभ - तिरिदिए २१०० किसानको ऋण - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

दानी अमिताभ – तिरिदिए २१०० किसानको ऋण



बलिउड सुपरस्टार अमिताभ बच्चनले भारतको बिहार राज्यका २१०० किसानको ऋण चुक्ता गरिदिएका छन्।

‘एउटा अर्को वचन पूरा गरेँ। ऋण बाँकी रहेका बिहारका किसानमध्ये २१ सय किसानको छनौट गरेर उनीहरूको ऋण भुक्तान गरिएको छ। उनीहरूलाई बोलाएर अभिषेक र स्वेताको हातबाट यो दिइयो ।’  अमिताभले आफ्नो ब्लगमा लेखेका छन्।

अमिताभले यसअघि पनि किसानहरूको मद्दत गर्दै आएका छन्। गत वर्ष उनले उत्तर प्रदेश राज्यका १ हजारभन्दा बढी किसानको ऋण चुक्ता गरिदिएका थिए। यस्तै महाराष्ट्रका करिब ३५० किसानको पनि उनले ऋण तिरेका थिए। यस अतिरिक्त उनले ब्लगमा भारतको कश्मिर स्थित पुलुवामामा भएको आतङ्कवादी हमलामा ज्यान गुमाएका सैनिकको स्मरण गरे।

‘एउटा अर्को वचन पूरा गर्नु छ, देशको लागि पुलुवामामा ज्यान अर्पण गर्ने सैनिकका परिवार तथा पत्नीहरूलाई आर्थिक सहयोग गर्नुछ। सच्चा शहिद ‘ भनेर उनले लेखेका छन्।

(एजेन्सी)