छविका पूर्वपत्नी वर्तमान श्रीमतीबीचको सम्बन्ध यस्तो - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

छविका पूर्वपत्नी वर्तमान श्रीमतीबीचको सम्बन्ध यस्तो



अभिनेत्री रेखा थापा र शिल्पा पोखरेल हालै कलाकार संघको चुनावमा एकसाथ भेटिए।

दुवै एकदमै मिल्ने दिदीबहिनी जसरी कार्यक्रममा उपस्थित थिए। मिडियामा पनि मिलेरै अन्तर्वार्ता दिँदै गरेको भेटिए।

आजको शुक्रबार साप्ताहिकले लेखेको छ- तर मिडियामा जति नै मिलेजस्तो नाटक गरे पनि उनीहरूको सम्बन्ध वास्तविकतामा त्यस्तो छैन।

रेखा निर्माता छवि ओझाकी भूतपूर्व पत्नी हुन् भने शिल्पा वर्तमान श्रीमती। रेखाले छविलाई छाडेपछि शिल्पा भित्रिएकी हुन्।

यी दुईजनाले मिडियमा गरेको अभिनय त्यतिबेला झुट देखियो जब सञ्चारकर्मीले सोधे,‘तपाईँहरू फेसबुक फ्रेन्ड हुनुहुन्छ?’ रेखाले भनिन्, ‘इनबक्समा चाहिँ छौं। दुवैको फेसबुकमा फ्रेन्डरिक्वेस्ट पठाउन नमिल्ने किसिमको छ।’

फेसबुकमा साथी बन्न नसकेका यिनले वास्तविकतामा के साथी बन्न सक्थे ? तर मिल्ने साथीको नाटक गज्जबले गर्छन्।

आखिर कलाकार भएपछि यत्ति अभिनय त गर्नैप¥यो नि ! कि कसो?