यसरी मागियो गृहमन्त्री बादलको राजीनामा - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

यसरी मागियो गृहमन्त्री बादलको राजीनामा



काठमाडौं-  गुठियारहरुले बुधबार पनि सडकमा प्रदर्शन गरेका छन् । सरकारले संसदमा दर्ता गराएको गुठी विधेयक सम्पदा र संस्कार मास्ने भएको भन्दै उनीहरुले लगातार प्रदर्शन गर्दै आएका छन्।

उनीहरुले सदकामा नाराबाजी गर्दै गुठी विधेयक खारेज गर, यसपालीको हैजा, ओलीलाई लैजा, एक, दुई तीन चार, हामी मान्दैनौ हार, कम्‍युनिष्ट सरकार मुरदावाद, दुई तिहाइको चाँहिदैन, सांस्कृतिक सम्पदा मास्न पाइदैन’ जस्ता नाराले सडक घन्काएका थिए ।

प्रदर्शनकारीले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा समेत माग गर्दै सरकार ढाल्ने चेतावनी समेत दिएका छन्।

उनीहरुले वसन्तपुरमा कालो ब्‍यानर, सिट्ठी जुलुस, मैनबत्ती, टर्चलाइट र नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन।

वसन्तपुरमा इन्द्रजात्रा देखाइने ठाउँ ज्याँठा, लगन, ठैटी, नरदेवी असन, इन्द्रचोक हुँदै पुगेको थियो।