अन्तराष्ट्रिय क्रिकेट रंगशाला चन्दा उठाएर मात्रै सम्भव हुदैन :प्रचण्ड - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

अन्तराष्ट्रिय क्रिकेट रंगशाला चन्दा उठाएर मात्रै सम्भव हुदैन :प्रचण्ड



काठमाडौँ – पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा निमार्ण थालिएको अन्तराष्ट्रिय क्रिकेट रंगशाला चन्दा उठाएर मात्रै सम्भव नहुने बताएका छन् ।

उनले चन्दा संकलन गरेर रंगशाला निमार्णको काम थालिए पनि सरकारले आवश्यक सहयोग गर्ने बताए ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘चन्दा उठाएर मात्रै यो सम्भव छैन, चितवन जिल्ला र समग्र देशकै गौरवको आयोजना रहेको क्रिकेट रंगशाला निमार्णको कामका लागि सरकारले आवश्यक सहयोग गर्छ । प्रोत्साहन स्वरुप बजेट विनियोजन हुन्छ ।’

प्रचण्डले रंगशाला निमार्णका क्रममा देखिएका सामान्य विवाद समाधान भइसकेको बताउँदै अब कामले तीव्रता पाउने दाबी गरे ।

‘ठूला ठूला आयोजनाको काममा केही साना तिना विवादहरु आइरहन्छन् ती विवाद सामान्य हुन्, समाधान भइसकेको छ, मलाई लाग्छ अब सहमति बमोजिम नै कामहरु अगाडि बढ्नेछन्, सरकारले आवश्यक सहयोग गर्छ’, प्रचण्डले भने ।