बाबुआमालाई हेला गर्ने - जेल जान तयार हुनुहोस् - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

बाबुआमालाई हेला गर्ने – जेल जान तयार हुनुहोस्



भारतको बिहार राज्य सरकारले आफ्ना बाबुआमाको हेरचाह नगर्ने सन्तानलाई जेल हाल्ने निर्णय गरेको छ।

हेरचाह नगरेको उजुरी परेमा उनीहरूलाई जेल हालिने निर्णय मङ्गलबार त्यहाँको सरकारले गरेको हो। बिहार सरकारले मातापिताको हेरचाहलाई अनिवार्य गर्ने निर्णय गरेको छ।

यससँगै बिहार सरकारले मूख्यमन्त्री वृद्धा पेन्सन योजनालाई ‘राइट टु सर्विस एक्ट’मा सामेल गर्ने निर्णय गरेको छ।

मङ्गलबार राज्यका मूख्यमन्त्री नितिश कुमारको अध्यक्षतामा बसेको मन्त्रीपरिषदको बैठकले यी बाहेक विभिन्न १७ एजेन्डालाई स्वीकृति समेत दिएको छ।

मदिरा निषेधपछि नितिश सरकारको यो निर्णयलाई अर्को सामाजिक कुरीतिविरुद्धको कदमका रूपमा लिइएको छ।

(एजेन्सी)