गगन थापा भन्छन : गुठी विधेयक भूमाफियाका लागि ल्याइयो - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

गगन थापा भन्छन : गुठी विधेयक भूमाफियाका लागि ल्याइयो



प्युठान- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले वर्तमान सरकारले एक वर्षको अवधिमा एउटा पनि राम्रो काम गर्न नसकेको बताएका छन्। उनले सरकार काम गर्नुभन्दा हरेक क्षेत्रमा हस्तक्षेप मात्र गरिहेको आरोप लगाए।

‘सरकार पूर्ण रुपमा असफल भयो,’ मंगलबार प्युठानको बालमन्दिरमा नेपाली कांग्रेसले आयोजना गरेको आमसभामा थापाले भने, ‘सरकारले बितेको वर्ष हत्या, बलत्कार, भ्रष्टाचार, महङ्गी नियन्त्रणमा उदासीनता देखाएकाले सरकारको नियतमै शंका उब्जिएको छ।’

निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बिते पनि सरकारले अपराधीलाई पक्राउ गर्न नसक्नु सरकारको ठूलो कमजोरी भएको बताए। ‘सरकारले घर बनाउन त परैको कुरा जगै मास्न थाल्यो,’ पूर्वमन्त्री समेत रहेका थापाले भने, ‘आफूलाई साम्यवादी भन्ने सरकारले भूमाफियालाई बल पुग्ने गरी गुठी विधेयक ल्याएको छ। सरकारले ल्याएको यो विधेयक जनतामुखी छैन।’

नेपालकै लगानीमा बुढीगण्डकी आयोजना सम्पन्न गर्नुको सट्टा बिना प्रतिस्पर्धा विदेशीलाई सुम्पने काम गरेको बताउँदै थापाले पूँजीगत खर्चमा सरकारको उपलब्धि निराशाजनक भएको बताए।

‘विदेशी लगानीको गफ हाक्ने सरकारले विदेशी अनुदान न्यून ल्याएको छ,’ उनले भने, ‘थप लगानी ल्याउन पनि सरकार असफल भएको छ ।’

दुई तिहाई बहुमतको सरकार बितेको एक बर्षमा रेल र पानी जहाजको कुरा गरेरै समय खेर फालेको बताउँदै थापाले भने,’ ५० वर्षसम्म ओलीले सरकारको नेतृत्व गरेपनि नेपाल बन्दैन।’

‘प्रधानमन्त्रीले झुट्को खेती गर्दै जाने र जनताले त्यस्लाई पत्याइ दिनुपर्ने यस्तो पनि हुन्छ,’ उनले भने, ‘तत्कालीन एमाले र माओबादी केन्द्र मिलेर बनेको नेकपालाई उनले अपबित्र एकताको सज्ञा दिदै काग्रेसलाई सरकारमा जान रोक्नलाई रातारात पार्टी एकता भयो उनले भने।