राज्य व्यवस्था समितिको निर्णय विरूद्ध प्रदर्शन
काठमाडौँ –
राज्य व्यवस्था समितिले लोकसेवा आयोगको विज्ञापन रोक्न दिएको निर्देशनको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
विद्यार्थीहरू माइतीघर मण्डलामा भेला भएर प्रदर्शन थालेका हुन् । लोकसेवाको विज्ञापन रोकेर करारमा कर्मचारी भर्ना गर्न नपाइने उनीहरूले बताएका छन् ।
लोकसेवाले जेठ १५ मा स्थानीय तहमा ९ हजार बढी कर्मचारी माग गर्दै विज्ञापन निकालेको थियो । संसदको राज्य व्यवस्था समितिले सो विज्ञापन समावेसी नभएको भन्दै रद्द गर्न निर्देशन दिएको थियो।