हतियार सहित साङ्गे लामा पक्राउ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

हतियार सहित साङ्गे लामा पक्राउ



काठमाडौं -काठमाडौंकाे बानेश्वरस्थित ऐ वान क्याफेबाट सोलुखुम्बुका २४ वर्षीय साङ्गे पेम्बा शेर्पा अवैध हतियार सहित पक्राउ परेका छन्।

महानगरीय परिसर काठमाडौंबाट खटिएको प्रहरी टाेलीले उनलाई पेस्तोल सहित साेमबार पक्राउ गरेकाे हाे।

गुण्डागर्दीमा संलग्न शेर्पा व्यापारीलाई धम्क्याएर रकम अशुली गर्ने गरेकाे महानगरीय प्रहरी प्रवक्ता डीएसपी हाेविन्द्र बाेगटीले बताए।

उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।