१९ वर्ष अगाडिको हत्याकाण्डका प्रमुख अभियुक्त मुम्बईबाट पक्राउ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

१९ वर्ष अगाडिको हत्याकाण्डका प्रमुख अभियुक्त मुम्बईबाट पक्राउ



भक्तपुर– करिब दुई दशकअघि भक्तपुरको कटुञ्जेमा एक महिलाको हत्या गरी फरार अभियुक्तलाई प्रहरीले भारतको मुम्बईबाट पक्राउ गरी ल्याएको छ । ८ असार २०५७ मा विजयश्वरी प्रजापतीको हत्या गर्ने देवीरमण अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

ब्यूरोका निर्देशक डिआइजी निरज शाहीका अनुसार अभियुक्त अधिकारी प्रजापतीकै घरमा काम गर्दथे । तलबको विषयमा विवाद हुँदा उनले चक्कु हानेर प्रजापतिको घरभित्रै हत्या गरेका हुन् । उनले हत्यापछि आठ तोला सुन र ६ हजार नगद चोरेर भागेका थिए ।

त्यसयता अधिकारीलाई भारतमै बस्दै आएकाले प्रहरीले पक्राउ गर्न सकेको थिएन । मेहनत गरेर उनलाई पक्राउ गरिएको डिआइजी शाहीले बताए ।