आलोपालोबारे छलफल भएको छैन - ईश्वर पोखरेल - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

आलोपालोबारे छलफल भएको छैन – ईश्वर पोखरेल



काठमाडौँ –

प्र.म. ओली र प्रचण्डबीच आलोपालो बारे पार्टीभित्र छलफल नभएको कुरा का.वा. प्र.म. ईश्वर पोखरेलले बताएका छन्। सोमबार विराटनगर पुगेका उनले यस्तो कुरा औपचारिक रूपमा प्रवेश नगरेको बताएका हुन्।

शीर्ष नेताबीच भद्र सहमति भएता पनि, सबै कुरा मर्यादा र प्रक्रिया अन्तर्गत ुहुनुपर्ने उनको तर्क थियो। जतिबेला भए पनि सहमति त पालना होला नि भन्ने उनको भनाइ थियो।

सरकारले लोकसेवालाई हस्तक्षेप गर्न मिल्दैन

लोकसेवा संवैधानिक अङ्ग भएकाले अनुचित तरिकाले सरकारले हस्तक्षेप गर्न नसक्ने कुरा उनले बताए। प्रदेश लोकसेवा गठन भैनसकेको अवस्थामा लोकसेवाले गरेको काम ठीक हो भन्ने उनको तर्क थियो।

‘लोकसेवा आयोग संवैधानिक अङ्ग हो, यो बुझ्न जरुरी छ । एउटा संवैधानिक अङ्गको तर्फबाट संविधानमा व्यवस्था गरेअनुरूप काम गरेकोप्रति सरकारले अनुचित ढङ्गले हस्तक्षेप गर्न मिल्दैन ।’ उनको भनाइ थियो।