अस्पतालका सञ्चालक पक्राउ - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

अस्पतालका सञ्चालक पक्राउ



वीरगञ्ज –

एसिया मेडिकेयर हस्पिटल प्राईभेट लिमिटेडका सञ्चालक २८ वर्षीय सुरजकुमार सर्राफलाई विभिन्न व्यक्ति र संस्थासँग ५ करोड भन्दा बढी ठगी गरेको आरोपमा एक प्रहरीले पक्राउ गरेको छ ।

सर्राफले ४० भन्दा बढी व्यक्ति र संस्थासँग ५ करोड ७७ लाख ठगी गरेको दाबी प्रहरीले गरेको छ । वीरगञ्जको छपकैयामा सञ्चालित मेडिकेयर अस्पतालका सञ्चालक सर्राफको घर बाराको कलैया नगरपालिका-१३ हो र उनी वीरगञ्ज महानगरपालिका-२ बसोबास गर्दै आएका थिए।

प्रहरीले सर्राफलाई पर्सागढी नगरपालिका-६ बस्ने राकेशकुमार यादवको जाहेरीका आधारमा पक्राउ गरेको हो। सर्राफविरूद्ध बैङ्किङ कसुरको मुद्दा दर्ता गरिएको छ र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सर्राफले अस्पतालका लागि लिएका विभिन्न उपकरणहरू तथा ल्याबका सामानहरूको बिल भुक्तानी नगरेको गुनासो प्रहरीसमक्ष आइरहेको छ। वित्तीय संस्था, गाडीका सोरूम, सुनचाँदीका पसलहरूले समेत प्रहरीसमक्ष जाहेरी परेको छ। एनआईसी एसिया बैङ्कबाट मात्रै उनले २,३०,००,००० ऋण लिएको तर नतिरेको तथ्य बाहिर आएको छ ।