भारतले दियो एक अर्ब साठी करोड - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

भारतले दियो एक अर्ब साठी करोड



भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाल सरकारलाई भारत सरकारले एक अर्ब साठी करोड रुपैयाँ हस्तान्तरण गरेको छ।

अर्थमन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री युवराज खतिवडालाई एक अर्ब साठी करोडको चेक हस्तान्तरण गरेका हुन्। सो रकम नुवाकोट र गोरखा जिल्लाका निजी आवास पुनर्निर्माणका लागि खर्च गरिने छ।

सन् २०१८ मा भारत सरकारले पुनर्निर्माणका लागि २१० करोड र ८० करोड सहयोग गरेको थियो।

२०७२ वैशाख १२ को भूकम्पपछि भएको अन्तर्राष्ट्रिय सम्मेलनमा भारतले विभिन्न भौतिक संरचनाको पुनर्निर्माण गर्न एक अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको थियो।