दुर्घटनाबाट बाल-बाल जोगियो विमान - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

दुर्घटनाबाट बाल-बाल जोगियो विमान



काठमाडौं – नेपाल वायुसेवा निगमको काठमाडौं-नयाँ दिल्ली उडान ठुलो दुर्घटनाबाट बचेको छ । उडानमा गम्भीर सुरक्षा लापरवाही भएको बुझिएको छ ।

आइतबार बिहान ८ बजे काठमाडौं–दिल्ली उडानका लागि विमानको आइआरएस प्रणाली अन नै नगरी टेकअफका लागि रनवे लगिएको हो। उक्त कुरा पाइलटले पछि मात्र थाहा पाएका थिए।

विमानको होल्ड सिस्टम (डिपार्चरदेखि अराइवलसम्म) को जानकारी दिने प्रणाली अन नगर्नु सुरक्षासम्बन्धी गम्भीर लापरवाही हो।

उक्त विमानमा एयरबस ३२० का प्रशिक्षक पाइलट (आईपी) पाकिस्तानी पाइटल मोहमद गनी र कोपाइलट उद्धव घिमिरे रहेका थिए। गनी केही समय अघि मात्रै आइपीमा आएका थिए। घिमिरेको अन्तर्राष्ट्रिय उडान अन्तर्गत यो पहिलो उडान हो।

विमानमा रहँदा सिस्टम अन अफ गर्ने जिम्मेवारी दुवै जनाको हुने हुँदा दुवैले गम्भीर लापरवाही गरेको खुल्न आएको हो।

निगमका एक पाइलटकाअनुसार पाइलट तथा कोपाइलट ककपिटमा बसेपछि पहिलो काम नै आईआरएस सिस्टम अन गर्ने हुन्छ। आजको उडानमा उनीहरुले सिस्टम नै अन नगरी जहाजलाई पुस गरी ट्याक्सी वे मा ल्याएपछि मात्रै उक्त सिस्टम अन नगरेको थाहा पाएका थिए।

सामान्यतया आईआरएस सिस्टम अन गर्दा विमानलाई हलचल नै गरिदैन। विमान चल्नुअघि पार्किङ वेमा सिस्टम अन गरिन्छ।

सिस्टम अन गरेपछि पुनः गर्नुभन्दा अगाडि चेक लिस्ट गरिन्छ। चेक लिस्टको समयमा पनि उक्त सिस्टम अफ भएको पाइलट तथा कोपाइलटले थाहा नै पाएनन्। उडानपछि उडानको दिशा, विमानको अवस्था लगायतबारे उक्त सिस्टमले जानकारी दिन्छ।

आइतबारको दिल्ली उडान करिब फूल अकुपेन्सी (यात्रुको संख्या पूर्ण) रहेको निगम स्रोतले जनाएको छ।