योगी आदित्यनाथमाथि आपत्तिजनक ट्वीट गर्ने पत्रकार पक्राउ - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

योगी आदित्यनाथमाथि आपत्तिजनक ट्वीट गर्ने पत्रकार पक्राउ



योगी आदित्यनाथमाथि आपत्तिजनक ट्वीट गर्ने पत्रकार गिरफ्तार

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथमाथि सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गर्ने पत्रकार प्रशान्त कनौजियालाई पुलिसले गिरफ्तार गरेको छ। शनिबार उनलाई लखनौस्थित उनकै निवासबाट गिरफ्तार गरिएको हो। प्रसान्तकी पत्नी जगीसा अरोडाले बीबीलीलाई बताइन् – “उहाँले एउटा भिडियो ट्वीटरमा अपलोड गर्नुभएको थियो। सो भिडियोमा एउटी महिला आफूलाई योगी आदित्यनाथकी प्रेमिका बताइरहेकी थिई।”

भिडियोमा उनले योगीको नाम लिँदै टिप्पणी पनि गरेका थिए।

यस विषयमा उनलाई लखनौको हजरतगन्ज थानामा रिपोर्ट गरिएको थियो। प्रशान्तलाई आइटि अधिनियमको धारा ६६ र मानहानीको धारा अनुसार गिरफ्ता गरिएको हो।

समाजवादी पार्टीले भने प्रशान्तको गिरफ्तारीको आलोचना गरेको छ। सो विरोध पार्टीको आधिकारिक ट्वीट ह्यान्डलमा छ।