जङ्गली च्याउले दुई जनाको लियो ज्यान
पाल्पा – पाल्पाको निस्दी गाउँपालिका ३ कार्कीडाँडाका स्थानीय जङ्गली च्याउ खाँदा बिरामी परेका छन्। तीमध्ये २ जनाको ज्यान गइसकेको छ ।
करिब दुई घर परिवारका १० जनाले च्याउको तरकारी खाएका थिए । तीमध्ये ९ बर्षीया निर्मला सिंह ठकुरीको शनिबार राति ज्यान गएको छ भने गम्भीर बिरामी परेका ४ बर्षीय विष्णुसिंह ठकुरीको पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।
उनीहरुले २४ गते साँझ घर नजिकैको जङ्गलबाट च्याउ ल्याएर तरकारी पकाई खाएका थिए । शनिबारबाट बान्ता हुँदै बेहोस हुन थालेपछि उपचारका लागि मध्यबिन्दु अस्पताल नवलरपुरमा लगिएको थियो । गम्भीर बिरामी परेका निर्मल र बिष्णुलाई पुरानो मेडिकल कलेज भरतपुरमा रेफर गरेको उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक कृष्णराज सापकोटाले बताए ।
च्याउको तरकारी खाएर बिरामी परेका ४५ बर्षीय पुरन खम्चा, उनकी श्रीमती ४० बर्षीय चन्द्री खम्चा, १५ बर्षीय छोरी निर्मला खाम्चा, ८१ बर्षीय प्रेमसिंह ठकुरी, ३० बर्षीय दानकुमारी सिंह ठकुरी, ७ बर्षीय सुमन सिंह ठकुरी, ३० बर्षीय धनकुमारी सिंह ठकुरी, १२ बर्षीय निसा सिंह ठकुरी र १४ बर्षीय निरुता सिंह ठकुरीको मध्यबिन्दु अस्पताल नवलरपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।