प्रहरीले गोली हानेर छिरिङ तामाङलाई पक्रियो - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

प्रहरीले गोली हानेर छिरिङ तामाङलाई पक्रियो



काठमाडौं : राजधानीका विभिन्न स्थानमा लुटपाटमा संलग्न छिरिङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार दिउँसो महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले काठमाडौंको खत्तरखेलबाट तामाङलाई नियन्त्रणमा लिएकोप्रहरीले जनाएको छ।

विशेष सूचनाका आधारमा अत्तरखेल पुगेको प्रहरी टोलीमाथि तामाङले आक्रमणको प्रयास गरेपछि फायर गोल्नु परेको प्रहरीले बताएको छ। उनको समूहका यसअघि नै चारजना पक्राउ परिसकेका छन्। तामाङ नेतृत्वको समूहले काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा लुटपाट गरेको उजुरी परेपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो।

तामाङको समूहले कााठमाडौंको जोपाटी, बौद्ध र ललितपुरको इमाडोलका सुनपसल र आइएमी लुटपाट गरेपछि प्रहरीले खोजी तिब्र पारेको थियो। घरेलु हतियार देखाएर यो समूह लुटपाटमा सक्रिय भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। तामाङको खुट्टामा दुई गोली लागेको छ।